दफा १६
इजाजतपत्र प्राप्त गर्न निवेदन दिनु पर्ने
(१) यस ऐन बमोजिम प्रमाणपत्र जारी गरी प्रमाणीकरण गर्ने निकायको काम गर्न तोकिए बमोजिमको योग्यता पुगेको इच्छुक व्यक्तिले प्रमाणीकरण गर्ने इजाजतपत्र प्राप्त गर्नका लागि तोकिए बमोजिमको ढाँचामा तोकिए बमोजिमको दस्तुर संलग्न गरी नियन्त्रक समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम दिइने निवेदन साथ निवेदकले देहायका कागजातहरु समेत संलग्न गर्नु पर्नेछ ः–
(क) प्रमाणीकरण सम्बन्धी विवरण,
(ख) निवेदकको पहिचान तथा सनाखतको पुष्टि हुने किसिमका कागजातहरु,
(ग) वित्तीय स्रोत, जनशक्ति तथा आवश्यक अन्य सुविधा खुल्ने कागजातहरु,
(घ) तोकिए बमोजिमका अन्य कागजातहरु ।
(३) नियन्त्रकले आवश्यक ठानेमा प्रमाणीकरण गर्ने निकायको रुपमा निवेदकले काम गर्न सक्ने वा नसक्ने सम्बन्धमा निवेदकको उपयुक्तता जाँच गर्न निवेदकसँग आवश्यक थप कागजात तथा विवरण माग गर्न सक्नेछ । यसरी आवश्यक थप कागजात तथा विवरण माग गरिएमा निवेदकले त्यस्ता कागजात तथा विवरण दाखिला नगरेसम्म निजको निवेदन उपर कुनै कारबाही गरिने छैन ।